हल्लनचोकमा गामबेसी पोखरा रोधि क्लब
भदौ १–८ गतेसम्म राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने
पाेखरा | साउन ३१, २०८१
पोखरा: ‘पर्यटकीय राजधानी पोखरा’ हल्लनचोकमा गामबेसी पोखरा रोधि क्लब सञ्चालनमा आएको छ ।
बैशाख २८ गतेदेखि नै सञ्चालन आएको गामबेसी पोखरा रोधि क्लबको औपचारिक शुभारम्भ भने भदौ १ गतेदेखि गर्न लागेको सञ्चालक नरबहादुर थापाले बताए ।
‘पोखरा पाकृतिक सौन्दर्यताका साथै कला र सस्कृतिले भरिपूर्ण शहर हो, पोखराको लेकसाइडमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षकको रुपमा पर्दछ’, थापाले भने, ‘पोखरा लेकसाइडमा आउने पर्यटकहरुलाई थप मनोरञ्जन दिन हामीले सामूहिक रुपमा हल्लचोकमा गामबेसी रोधि क्लब सञ्चालनमा ल्याएका छौं, भदौ १ गतेदेखि औपचारिक रुपमा शुभारम्भ समेत गर्दै छौं ।’

उनले औपचारिक शुभारम्भको अवसरमा भदौ १ देखि ८ गतेसम्म शुभारम्भ विशेष सांगीतिक कार्यक्रम समेत आयोजना गरिएको बताए ।
शुभारम्भ विशेष सांगीतिक कार्यक्रममा भूमिका गिरी, जीवन दाहाल, श्याम राना, चिज गुरुङ, निञ्चल दवाडी, बबिता बानिया जेरी, अस्मिता डल्लाकोटी, माया गुरुङ, आशा विसी, रेशम निर्दोष, बालचन्द्र बराल, ईश्वरसिंह, सुमन थापा, इन्द्र गुरुङ, सीता परियार, गगनसिंह गुरुङ र ज्योति लोहनीको प्रस्तुति रहने छ ।
यस्तै गामबेसी पोखरा रोधि क्लबका नियमित कलाकारहरुको समेत प्रस्तुति रहने छ । लोक तथा दोहोरी गीतको माध्यमबाट उपस्थिति दर्शकलाई मनोरञ्जन दिँदै देश विदेशसम्म चिनाउनका लागि साथै पोखरा लगायत यस क्षेत्रका पर्यटकीय क्षेत्रको रुपमा विकास गराउनका लागि सहयोग पु¥याउने क्लबले जनाएको छ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

